काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि तीन वटा स्थान तोकेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अब काठमाडौंको सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकेको हो।
आइतबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले तीन वटा स्थानमा मात्रै प्रदर्शन गर्न सिफारिस गरको छ ।
यस स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्था विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
भोली सोमवारदेखि निषेधाज्ञा लागु हुने प्रशासन कार्यालले जनाएको छ ।
‘मिति २०८२/०२/१९ गतेदेखि लागु हुने गरी देहायका स्थानमा बाहेक बढीमा २ (दुई) महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ आदेशमा उल्लेख छ ।
यस्तै कार्यालयसँग समन्वय हुने कार्यक्रमको हकमा भने तोकिए बमोजिम हुने उल्लेख छ ।
यसअघि स्थान तोकेर निषेधित क्षेत्र घोषणा गरेकोमा यसपालि प्रदर्शन गर्ने स्थानहरू तोकेर काठमाडौं जिल्लाका बाँकी स्थानमा प्रदर्शन गर्न निषेध गरेको हो ।
विज्ञप्तीः

Categorized in स्थानिय