६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अब कक्षा १० मा पनि छुट्टै भर्ना हुन पाईने


प्रकाशित: मंगलवार, ४ फागुन २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले अब कक्षा १० मा पनि छुट्टै भर्ना लिने व्यवस्था गरेको छ । 


शिक्षा नियमावलीको नवौं संशोधन गरेर कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने प्रावधान हटाएको हो ।


संसोधित नियमावलीको ८० मा ‘‘महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने’व्यवस्था गरिएको हो ।


कोभिड–१९ महामारीका कारण स्थानान्तरण हुने विद्यार्थीलाई लक्षित गरेर नियमावली संशोधन गरिएको हो । यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन नपाइने व्यवस्था थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex