१६ चैत्र २०८०, शुक्रबार
Header

अब एटिएममा २४ घण्टै सुरक्षा गार्ड


प्रकाशित: शुक्रवार, १० असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम बुथमा अनिवार्य सुरक्षा गार्ड राख्नु पर्ने निर्देशन जारी गरेको छ । 


बैंकको एटिएमहरु ह्याकरहरुबाट असुरक्षित हुन थालेपछि राष्ट्र बैंकले सो व्यवस्था गर्न भनेको छ । 


केही समय अघि  चिनियाँ ह्याकहरुले काठमाडौंका विभिन्न एटिएम बुथबाट साढे तीन करोड झिकेपछि राष्ट्र बैंकले सुरक्षा व्यवस्थामा ध्यान दिन बैंकहरुलाई निर्देशन जारी गरेको हो । 


एटिएम बुथहरुमा कुनै ब्यक्ति वा समूहबाट शंकास्पद गतिविधि भएको शंका लागेमा त्यसको खबर सुरक्षा गार्डले गर्नु पर्ने छ । 


अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग ३ हजार ३१६ वटा एटिएम बुथ छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD