११ बैशाख २०८१, मंगलबार
Header

अब उपत्यकामा बार अनुसार पसल खोल्न पाईने, जोर–विजोर गाडी चल्ने


प्रकाशित: आईतवार, ६ असार २०७८, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकमा असार १४ गते सम्म निषेधाज्ञा थपिएको छ । 


उपत्यकाका मंगलवारदेखि वार अनुसार पसल खुल्ने र जोर–विजोर प्रणाली अनुसार निजी सवारी साधान चलाउन पाउने भएको छ । 


उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकको निषेधाज्ञा थप गरेसँगै पसल र गाडी चलाउने पाउने भएको हो । 


बैठकले ट्याक्सीहरूलाई पनि जोर–बिजोर लागू गरेर चलाउन दिइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताएका छन । 


आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने तथा सोमबार, बुधबार र शुक्रबार ११  बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाईने छ । 


उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD