काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दिइने ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट लिन पाइने भएको छ ।
त्रिविले मंगलबारबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन अनलाइनबाटै फारम भर्न मिल्ने बनाएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार बिहान ११ बजेबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरू गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनको अवस्थामा पुगेको जोशीले जानकारी गराउँदै २०८२ वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने बतातए ।
अन्य सेवाहरू क्रमशः लागू गर्दै लैजाने योजना अनुसार २०८२ साल जेष्ठ १५ गतेदेखि त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट सञ्चालन गरिने पनि जोशीको भनाई छ ।
त्रिवि अनलाइन सेवा सुचनाः
Categorized in समाज