काठमाडौँ । प्रहरीले देशभरबाट चालू आर्थिक बर्षमा अबैध हतियार बोकी हिड्ने २४२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३६ पुरुष र ६ महिला रहेकोमा १७ विदेशी नागरिक रहेको प्रहरीले तथ्यांक सार्वजनकि गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार एलएमजी राइफल एक थान, पोइन्ट टुटु राइफल एक थान, एसएमजी दुई थान, एमसिक्स्टीन एटु राइफल एक थान, पेस्तोल ३८ थान रहेका छन ।
त्यसैगरी बन्दुक १४ थान, कटुवा पेस्तोल ३६ थान, रिभल्वर तीन थान, भरुवा बन्दुक ११८ थान गरी जम्मा २१४ थान बरामद गरिएको छ । उनीहरूको साथबाट ६८० राउण्ड गोली बरामद भएको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले अवैध हातहतियार ओसारपसार गर्ने १६५ जनाविरुद्ध मुद्दा दर्ता भएको बताएको छ ।
Categorized in राष्ट्रिय