५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अबैध सम्बन्ध राख्दा हेर्ने बालिकाको हत्या


प्रकाशित: विहिबार, २१ असार २०७५, २२ः०४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । एक जोडीले अबैध सम्बन्ध राख्न खोजेको हेरेको भन्दै एक दश बर्षिया बालिकाको बुधबार काभ्रेको तिमाल गाउपालिकामा हत्या गरेको छ ।

 
तिमाल गाउँपालिका–१ आधा बाटो बस्ने २१ वर्षीया महिला र सोही स्थानमा मजुदरी गर्ने बारा गतहला गाउपालिकाका २३ बर्षिय जोखन मन्सुरीले कुखुराको खोरमा अनैतिक सम्बन्ध कायम गर्न लागेको अवस्थामा सोही ठाउँ बस्ने १० वर्षीया एलिसा तामाङले देखेपछि होहल्ला हुने डरले हत्या गरेको मन्सुरीले प्रहरीलाई बताएका छन्् ।


एलिशालाई घरबाट लिई करीव ५० मिटर टाढा चौतारामा लगेर हत्या गरेको प्रहरीले जनाएको छ ।

 
मन्सुरीलाई बालिकाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले कुटपिट गर्दा उनी घाईते भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex