५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अबैध रुपमा विदेश पठाउने २ समातिए


प्रकाशित: बुधबार, २ जेष्ठ २०७५, १२ः५८ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । अबैध रुपमा वैदेशिक रोजगारीमा पठाउने २ जनालाई प्रहरीले काठकामाडौं तारेकेश्वरबाट पक्राउ गरेको छ ।


प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका– ८ जरङ्खु बस्नेहरू नवलपरासी गैंडाकोट नगरपालिका–१३ की ४३ बर्षीया मनमाया आचार्य र तनहुँ सुन्धारा–२ का ३९ बर्षीय छविलाल घिमिरेलाई पक्राउ गरेको हो ।

 
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको कोठाबाट विभिन्न ब्यक्तिको नामका नागरिकता ३४ थान, नेपाली राहदानी ३० थान, नेपाली नागरिकता तथा  राहदानीका प्रतिलिपीहरु र वैदेशिक रोजगारीको लागि गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन १४ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex