५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अबैध नेपाली रुपैयाँ कारोबारमा संग्लन ३ पक्राउ


प्रकाशित: शनिबार, २९ बैशाख २०७५, १३ः१८ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । अवैध नेपाली रुपैयाँ ओसार–पसार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेके छ ।


काठमाडौं महानगरपालिका– १३ कालीमाटी सोल्टी मोडबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका– १४ थली बस्ने २२ वर्षीय समिर पौडेल, सिन्धुली महादेवडाँडा– १ का २१ वर्षीय सबिनचन्द्र न्यौपाने, रामेछाप खाँडादेवी गाँउपालिका– ५ का  हाल क्षेत्रपाटी बस्ने २९ वर्षीय सुभाष श्रेष्ठ रहेका छन् ।


प्रहरीले उनीरुको साथबाट नगद २६ लाख ७२ हजार फेला पारेका छन् । साथै उनीहरुले चलाएको बा.८० प ३२०५ र बा.७३ प ३४८० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex