३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अबदेखि काठमाडौंका सडकलाई ५ वटा ब्रुमरले नियमित सफाई गर्ने


प्रकाशित: मंगलवार, १२ चैत्र २०७५, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । महानगरको सडकलाई मंगलावरदेखि ५ वटा ब्रुमर नियमित सफाई गर्ने भएको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले ब्रुमरको औपचारिक रुपमा उद्घाटन गरेर महानगरको सडक सफा अभियानले तिव्रता पाएको छ । 


इटलीबाट आयात गरिएका ५ वटा आधुनिक ब्रुमरले महानगरको विभिन्न सडकको रुट निर्धारण गरेर सफाई गर्ने जनाएको छ । 


युरो ४ एमिसन स्ट््याण्डर्डका डुलेभो ६००० मोडेलका यी ब्रुमरको इञ्जिन क्षमता १०७ किलोवाट रहेको छ । अगाडि एउटा, छेउमा दुईवटा र बीच भागमा एउटा ब्रस भएको ब्रुमरमा ५०० लिटरको पानी ट््याङ्की र ४।६८ घन मिटरको धुलो भण्डारण क्षमता छ ।

 
यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर ९०.०२५ स्क्वायर किलोमिटर० प्रति घण्टा हो । ब्रसले न्युनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ भने सफाइका क्रममा यसको अधिकतम गति १० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

 

ब्रुमर सञ्चालन हुने रुटहरुः

 
रुट नं. १ टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकीत्यसपछि सोल्टीमोड — टेकु — त्रिपुरेश्वर — सुन्धारा — नयाँ सडक — जुद्ध सालिक —महाङ्काल —जमल — लाजिम्पाट — शितलनिवास — शिक्षण अस्पताल —नारायण गोपालचोकसम्मको मुल सडक । त्यस्तै जमल — विश्वज्योति — घण्टाघर — भद्रकाली — सहिद गेट हुँदै सुन्धारासम्म


रुट नं. २. टेकुबाटत्रिपुरेश्वर — थापाथली — माइतीघर मण्डला — बबरमहल — बानेश्वर — तीनकुने हुँदै अन्तरराष्ट्रिय बिमानस्थल सम्म । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर — जडिबुटीहुँदै पेप्सिकोलासम्म । पेप्सिकोला चोकबाट कोटेश्वर — नयाँबानेश्वर — बबरमहल — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु — कालीमाटी — बल्खु पुगेर त्यही सडकबाट फर्किएर — कालीमाटीहुँदै टेकुसम्म ।


रुट नं. ३ टेकुबाट त्रिपुरेश्वर — सुन्धाराहुँदै भोटाहिटी —विश्वज्योति — घण्टाघर — भद्रकाली — सिंहदरवारबाट पुतलीसडकतर्फको सडक । पुतली सडकबाट कमलादीमोड — हात्तीसार — जय नेपाल हल — दरबार मार्ग — कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक । त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटीहँुदै केशरमहलचोक — त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भ विभाग अगाडिको चोक —नारायण हिटीको उत्तर गेट — गैरी धारा ९प्रहरी हेड क्वाटर पछाडिको चोक० — सभामुख क्वाटर — राष्ट्र बैक — प्रधानमन्त्री निवास ९वालुवाटार० रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक । फकिँदा शितलनिवास — पानीपोखरीहुँदै लैनचौर — सोह्रखट्टे — बालाजु चोक ९रिङ्गरोड० — सोह्रखुट्टेबाट — बिष्णुमती लिङ्क रोड — ईन्द्रायणी — नरदेवीपुलदेखि टेकुसम्मको सडक ।


रुट नं. ४. टेकुबाट पुतलीसडक — कमलपोखरी — ज्ञानेश्वर — मैतीदेवी — पुरानो बानेश्वर — सिनामंगल — एअरपोर्ट गेट — गौशाला — चाबहिल — होटल हायात चुच्चेपाटी — फर्किएर चाबहिल — गौशाला — बत्तीसपुतली— पुरानो बानेश्वर — मैतीदेवी — डिल्लीबजार — पुतलीसडक — प्रदर्शनी मार्ग — सिंहदरबार — माइतीघर मण्डला — थापाथली — त्रिपुरेश्वर — टेकु ।


रुट नं. ५. टेकुबाट त्रिपुरेश्वर — पोष्ट अफिस — न्यूरोड गेट — बसन्तपुर — ईन्द्रचोक — न्यूरोड —महाङ्काल — जमल — केशरमहलबाट त्रिदेवीमार्ग । ठमेलबाट फर्किएर दरबार मार्ग — घण्टाघर — भद्रकाली — सिंहदरवार — माइती मण्डला सिंहदरबारको दक्षिण ढोका । हनुमान स्थानबाट — थापागाउँ —अन्तराष्ट्रिय सम्मेलन केन्द्र — त्यहाँबाट पुरानो बानेश्वरतर्फ रत्नराज्य स्कूल — मध्यबानेश्वर — बत्तीस पुतलीचोक — मैतीदेवी — डिल्लीबजार — बागबजार — प्रदर्शनीमार्ग — भद्रकाली —त्रिपुरेश्वर हुँदै टेकु — बल्खु, कलङ्की — सीतापाइला — बालाजु — गोङ्गबु — नारायण गोपाल चोक — चाबहिल, ज्ञानेश्वर — डिल्लीबजार — बागवजार — पुरानो बस पार्क — त्रिपुरेश्वर — टेकु

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex