१३ भाद्र २०८३, शनिबार
Header

अबदेखि उपत्यकाका यी ठाउँहरुमा मात्र विरोध प्रदर्शन गर्न पाईने


प्रकाशित: बिहिबार, १४ असार २०७५, २०ः०२ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । सरकारले उपत्यकाका कुन– कुन क्षेत्रमा विरोध गर्न पाईने भनेर स्थानहरु तोकेको छ । बिहिबार गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर विरोध प्रर्दशन गर्ने क्षेत्रहरुबारे जानकारी दिएको छ ।

 
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरमा तोकिएको स्थानबाहेक विरोध प्रदर्शन गरेर कानुन अनुसार कार्वाही हुने जनाएको छ ।

 
मा विरोध प्रदर्शन गर्ने निश्चित स्थानहरु तोकको छ । सरकारले तोकेको स्थानबाहेक विरोध प्रदर्शन गर्न नपाईने र गरेमा कानुनअनुसार कारबाही हुने पनि गृह मन्त्रालयले जनाएको छ ।

 
काठमाडौंमा खुलामञ्च, कोटेश्वरको तीनकुने खुल्ला चौर, पेप्सीकोला खेल मैदान, सानो गौचरन फुटबल मैदान , लैनचोरको समाज कल्याण परिषद् अघिको खुल्ला स्थान ,गौशालाको सिफल चौर, भूईखेल र भगवानपाउमा मात्र विरोध प्रर्दशन गर्न पाईने गरी स्थान तोकिएको हो ।

 
त्यसैगरी ललितपुरमा च्यासल खेल मैदान , बज्रबाराही मन्दिर अघिको खुला ठाउँ, गोदावरी बसपार्कको छेउ, भैसेपाटी च्यासीकोटको खुला स्थान, लुभु ससमुच लामाटार र धोबीघाट मुहान पोखरीको छेउ रहेको भने भक्तपुरमा सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गामा विरोधका कार्यक्रमहरु गर्न पाईने छ ।

 
गृहले यही साउनबाट लागू हुने गरी ७५ वटै जिल्लामा विरोध प्रदर्शन स्थल तोक्न जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex