१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगरिने


प्रकाशित: विहिवार, ८ साउन २०८२, १०ः२४ बजे
- महानगरखबर

काठमाडौं ।  नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने निर्णय गरेको छ । 


प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहतका कार्यालयहरूलाई परिपत्र जारी गर्दै आरोपीको तस्बिर सार्वजनिक नगर्न निर्देशन दिएको हो ।


प्रहरी प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार मानव अधिकारका सवाल उठ्ने भएकाले यस्तो निर्णय गरिएको हो ।


“आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न उठ्ने भएकाले अबदेखि यस्तो नगर्ने सहमति भएको हो,” उनले जानकारी दिए ।


डिआइजी घिमिरेले केही समयअघि महान्यायाधिवक्ताको कार्यालयमा आयोजित समन्वयात्मक बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले स्वयं यो विषयमा सहमति जनाएका जानकारी दिए । 


यस निर्णयसँगै अब प्रहरीद्वारा पक्राउ परेका व्यक्तिहरूको फोटो मिडिया वा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने छैन ।

 
मानव अधिकार आयोगलगायत विभिन्न मानव अधिकारकर्मी र कानुनीविद्हरूले विगतमा पनि आरोपीको तस्बिर सार्वजनिक नगर्न प्रहरीलाई सुझाव दिँदै आएका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex