१२ बैशाख २०८१, बुधबार
Header

अपूर्व क्षितिजलाई तारेखमा छोडियो


प्रकाशित: विहिवार, २३ भाद्र २०७९, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्ष्तििजलाई प्रहरीले तारेखमा छाडेका छन । 


काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार अपूर्वलाई कोरोना पुष्टि भएपछि उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी रिहा गरिएको हो ।


नेवाः समुदायको भाषा, संस्कृति, परम्परा, रितीतिथीको कमेडिको नाममा अपमान गरी समुदायकै मजाक बनाएपछि चर्को विरोध भएको थियो ।


नेवाः अभियान्ताहरुले अपूर्वलाई पक्रा गरी कार्वाहीको माग गरेपछि उनले १२ भदौमा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । 


जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।


बुधबार मात्रै  अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD