१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

अपूर्वलाई थप ५ दिन हिरासतमा राख्न अनुमति


प्रकाशित: बुधवार, २२ भाद्र २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेवाः समुदायको अपमानको आरोपमा थुनिएका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अपूर्वलाई थप अनुसन्धानको लागि ५ दिनको हिरासतमा राख्ने समय थपिएको हो ।

 
उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो । यस अघि १० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप गरेको हो।


जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो । यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ ।


यसैगरी दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी दिएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex