४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अपाङगता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न


प्रकाशित: २०७५ फाल्गुन ३ शुक्रबार
- करुण

पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवन पद्धति संवन्धी अन्तरराष्ट्रिय सम्मेलन ललितपुरमा सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्बन जीवनपद्धती सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन’ ललितपुरको धोविघाटमा शुक्रबार सम्पन्न भएको हो ।

 

सम्मेलनमा पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको जीवनको संघर्ष र समस्यालाई लिएर वहस, अन्तरक्रिया गरिनुका साथै विश्व समक्ष उजागर गर्ने प्रयास गरिएको थियो ।

 

सम्मेलनमा नेपाल तथा जापानका पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । सोही सम्मेलनमा अति–अशक्त व्यक्तित्व तथा मेनास्टिम एशोसियसन जापानका प्रतिनिधि काचुया फुजीवाराको समेत उपस्थिती थियो । सम्मेलनमा फुजिवाराले जापानको स्वाबलम्बन जीवनपद्धतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । साथमा उनको जीवनको संघर्ष र यथार्थता सम्बन्धी भिडियो पनि प्रदर्शन गरिएको थियो ।

 

साथै नेपालका पूर्ण तथा अति–अशक्त अपाङ्गता भएका व्यक्तिहरुको बर्तमान अवस्थाको बारेमा आयोजक संस्थाका महासचिव कृष्ण गौतमले सचित्र कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालको अपाङ्गता क्षेत्रमा भए गरेका सामाजिक सुरक्षा सम्बन्धी कार्यपत्र भने बीरबहादुर राईले प्रस्तुत गरेका थिए ।

 

आम्दा जापानका प्रतिनिधि निसिमा नोजोमु र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पनि विशेष सहभागिता रहेको सम्मेलनको उद्घाटन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापावाट भएको थियो ।

 

सम्मेलनको आयोजना स्वाबलम्बन जीवनपध्दती केन्द्र, ललितपुरले गरेको थियो । पूर्ण अपाङ्गता भएका व्यक्तिहरुकै नेतृत्वमा वि.सं. २०६७ मा केन्द्रको स्थापना भएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex