५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अपहरित बालकको हत्या, प्रहरी मुठभेडमा २ अपहरणकारी मारिए


प्रकाशित: सोमबार, २१ साउन २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । मनहोरा खोला नजिकै काँडाघारीबाट अपहरणमा परेका एघार बर्षिय निशान खड्कको अपहरणकारीले हत्या गरेको प्रहरीले जनाएको छ । 


अपहरणको घट्ना थाहापाउने वित्तिकै  प्रहरीले सर्च अभियान थालेपछि बालक निशान खड्काको हत्या गरेर भाग्दै गरेका २ जना प्रहरीको मुठभेटमा मारिएका छन् । उनीहरु सुर्यविनायकको बाटो हुँदै पाईलटबाबाको जंगलतर्फ जाने क्रममा प्रहरीको जवाफी फायरमा मारिएको प्रहरीले सञ्चारमाध्यमहरुलाई जानकारी दिएको छ । 


प्रहरीका अनुसार उनीहरुसँग हतियार रहेको र उनीहरुले प्रहरीमाथि आक्रमण गरेको बताएको छ । मारिनेहरुमा अपहरणकारी नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङ रहेका छन् । 


अपहरणकरी गोपाल निशानको आमा चमेली खड्काले चलाएको खाजा पसलमा नियमित आउने गर्थे । आईतबारका पनि गोपाल पसल आएर निशानलाई मोवाईल किनेदिने भनेर लगेको थियो तर अबेरसम्म पनि नआएपछि निशानको खोजी भयो । 


तर अचानक राती ९ बजे गोपालले फोन गरेर निशानलाई छुटाउन ४० लाख माग गरेको चमेलीले प्रहरीलाई बताए । फोन आएलगत्तै प्रहरीले खोजी अभियान जारी गरेपनि निशान भेटिएको थिएन ।

 
प्रहरीले निशानको खोजी अभियान जारी राख्ने क्रममा सोमबार दिउँसो तिर ठिमी नगरपालिका वडा नं ९ स्थित एक निर्माणधिन घर नजिकै खाल्डोमा निशानको शब भेटियो ।

 
हिलाम्मे खाल्डोमा मृत भेटिएका बालकको मुखमा कपडा कोचिएको थियो भने खुट्टा सेतो टेपले बाँधिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको आईतबार नै हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । 


सन्धुपाल्चोक, ज्यामिरे घर चमेलीका श्रीमान गोपाल खड्का यतिखेर रोजगारीको सिलसिलमा मलेसियमा रहेको छ । निशान स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex