काठमाडौं । विभिन्न अपराधका अभियुक्तहरुलाई नियन्त्रणमा लिन पछिल्लो समय प्रहरीले गोली चलाउनु परेको छ ।
बीरगञ्जमा मंगलवार राती प्रहरीलाई पेस्तेल देखाउँदै भाग्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिनु परेको छ ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियमित चेकिङको क्रममा वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा दासले प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि प्रहरीले गोली चलाएर उनलाई पक्राउ गरेको थियो ।
उनलाई उनलाई दाहिने घुँडामा गोली लागेको छ । हाल उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका प्रहरी नायब उपरीक्षक गौतम थापाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार दासको साथबाट प्रहरीले एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद गरेको छ ।
यस अघि पनि प्रहरीले बाँके नेपालगञ्जको राँझाचोकमा डाँका मुद्दाका फरार अभियुक्त नरेन्द्र न्यौपानेलाई नियन्त्रण लिन गोली प्रहार गर्नु परेको थियो ।
मंगलवारै धनुषाको सिमावर्ती गाउँ मुखियापट्टी मुसहर्नियाँमा चोर समात्न हवाई फायर गर्न बाध्य भएको घट्ना बाहिर आएको छ ।
चोर समात्न गएको प्रहरीको टोली र स्थानीयबीच हुँदा प्रहरीले हवाई फायर गरेको थियो ।
मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका वडा नम्बर ५ मा चोरीको मोटरसाइकल खरीद बिक्री भइरहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयले प्रहरीलाई नै आक्रमण गरेर ती व्यक्तिलाई भगाइदिए ।
प्रहरीमाथि स्थानीयबासी जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको धनुषा प्रहरीले जनाएको छ ।
यस अघि १८ वैशाखमा भारततर्फ मदिरा तस्कर गर्नेहरुको एक समूहले सोही ठाउँमा असई प्रमोद कुमार साहको पेस्तोल लुटेका थिए ।
यतिमात्र नभएर केही समय अघि काठमाडौं उपत्यकाको स्वयम्भूमा पनि एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो ।
पछिल्लो समय यस किसिमको घट्ना बढ्दो रुपमा देखिएको छ ।
Categorized in समाज