२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अन्तिमपटक चुनाव लड्ने तयारीमा देउवा


प्रकाशित: मंगलवार, २३ मंसिर २०८२, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा पुनः डडेल्धुराबाट उम्मेदवारी दिने तयारीमा रहेका छन । 


पार्टीभित्र निकट नेताहरूसँगको छलफलमा उनले यसपटक अन्तिमपटक चुनावी प्रतिस्पर्धामा उभिने इच्छा प्रकट गरेको कांग्रेसका नेताहरूले बताएका छन । 


डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवार बन्ने संकेत गरेपछि जिल्लाबाट सर्वसम्मत सिफारिस गर्नेगरी तयारी थालिएको छ ।


यसअघि सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले महाराजगञ्जस्थित देउवा निवासमै भेटघाटका क्रममा सभापतिले ‘साथीहरूले तपाईं नै उठ्नुपर्छ भनेका छन, म उठ्छु’ भन्ने प्रतिक्रिया दिएको जानकारी गराएका थिए ।


मंगलबार बिहान देउवालाई भेटेका नेविसंघका नेता भुवन भट्टले समेत सभापतिले ‘अन्तिमपटक’ चुनावी प्रतिस्पर्धामा उभिन लागेको बताएका छन । 


कांग्रेसले यही महिनाको अन्त्यसम्म केन्द्रमा उम्मेदवार सिफारिस पठाउन परिपत्र गरेको छ । 


विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला सहित तीन जनाको नाम माथिल्लो तहमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।


देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट प्रतिनिधिसभा चुनाव जित्दै आएका छन ।

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex