१७ बैशाख २०८१, सोमबार
Header

अन्तर वडा फुटसल भाद्र २६ गतेबाट, बिजेता टिमलाई २ लाख पुरस्कार


प्रकाशित: शुक्रवार, ८ भाद्र २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महागरपालिका वडा २३ ले प्रयागराज सिंह सुवाल स्मृति फुटसल अन्तर वडा प्रतियोगिता आयोजना गर्न गईरहेको छ ।


भाद्र २६ गतेदेखि असोज ३ गतेसम्म सो प्रतियोतिगा लैनचौर फुटसल मैदानमा हुने वडा अध्यक्ष मचाराजा महर्जनले जानकारी दिए । 


वडा अध्यक्ष महर्जनले प्रयागराज सिंह सुवालले आफ्नो, वडा तथा समाजप्रति देखाएको योगदानको कदरस्वरुप यो फुटसल प्रतियोगिता गर्न लागेको बताए । 


‘फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्नु र यसका माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गर्नुु नै रहेको छ । स्वास्थ्य युवा स्वस्थ्य समाज भन्ने नारासहित खेलको आयोजना हुनेछ ।’ उनले भने । 


यस प्रतियोगितमा ३२० युवा प्रत्यक्ष र करिब ५०० युवाहरु यस कार्यक्रममा परिचलित हुनेछ । खेल विहान ८ देखि १२ बजेसम्म लैनचौरस्थित खेलमैदान हुनेछ । 


वडा सदस्य गोपाल नापितको संयोजकमा हुन गईरहेको यस खेलमा बिजेता टिमले २ लाख रुपियाँ नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र पाउने छन ।


त्यसैगरी, उपबिजेता टिमले १ लाख, उत्कृष्ट खेलाडी एक जनाले १० हजार, सर्वाधिक गोलकर्ता १ जनाले १० हजार र उत्कृष्ट गोल रक्षक एक जनाले नगद र १० हजार पाउने व्यवस्था गरिएको वडा अध्यक्ष महर्जनले जानकारी दिए । 


यस प्रतियोगिताको लागि १६ लाख रुपियाँ बजेट बिनियोजन गरेको जानकारी दिँदै खेलको उद्घाटन समारोह काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेनको ) प्रमुख आतिथ्य र विशेष अतिथि उपप्रमुख सुनिता डंगोलको उपस्थितीमा हुने छन । साथै सो अवसरमा  १ देखि ३२ वटै वडाका वडा अध्यक्षहरु उपस्थिती हुनेछ ।  

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD