काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)माथि प्रतिबन्ध लगाएका छन् ।
ट्रम्पले नेदरल्याण्ड्सको हेगमा रहेको आइसिसीमाथि प्रतिबन्ध लगाइएको कार्यकारी आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन ।
इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको अमेरिका भ्रमणछि आइसिसीले यसअघि गजामा हजारौं प्यालेस्टिनीको हत्या गरी युद्ध अपराध गरेको अभियोगमा इसराइली प्रधानमन्त्री नेतन्याहू र उनका रक्षामन्त्री योआव गलान्ट तथा हमासका नेताविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
कार्यकारी आदेशमा उनले विनाआधार नेतन्याहू र गलान्टविरूद्ध पक्राउ पुर्जी जारी गरेर आइसिसीले शक्तिको दुरूपयोग गरेको जनाएका छन ।
ट्रम्पको कार्यकारी आदेशमा आइसिसीका अधिकारीहरूलाई अमेरिकामा सम्पत्ति किन्न र उनीहरूका परिवारका सदस्यलाई समेत अमेरिका प्रवेशमा निषेध गर्ने भनिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ ।
अमेरिका र इसराइल दुवै आइसिसीका सदस्य राष्ट्र होइनन ।
Categorized in अन्तर्राष्ट्रिय