काठमाडौं । १०९औं अन्तर्राष्ट्रिय नारी दिवशका अवसरमा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी नेपाली गीतमा नृत्य गरिन ।
नेपाली पहिरन लगाएर ‘चरी जस्तै उड्न पाए गगनको तलतिर’ बोलको गीतमा उनी साढे तीन मिनेटसम्म व्यस्त भईन ।
चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छीले नेपाली गीत र पोशाकमा नृत्य प्रस्तुत गरेर सबैलाई छक्क पारेकी थिईन ।
कार्यक्रममा राजदूत यान्छीसहित चिनियाँ विद्यार्थी पनि नेपाली गीतमा नाचेका थिए । उनीहरुले चिनियाँ भेषभुषासहित पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।
महिला बालबालिका मन्त्री थममाया थापामगर प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य, कांग्रेस नेतृ आरजू राणालगायतका बिभिन्न दलका नेतृहरु सहभागी थिए ।
राजदुत हउले छिटो समयमै धेरै नेपाली साथीहरु बनाएकी छिन ।
Categorized in राष्ट्रिय