११ बैशाख २०८१, मंगलबार
Header

अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो हुने


प्रकाशित: बुधवार, १ जेठ २०७६, २१ः१० बजे
- महानगरखवर

काठमाडौं । राजधानीमा अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो–२०१९ हुने भएको छ । 


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा शुक्रवारदेखि ३ दिनसम्म एक्स्पो हुने बुधवार पत्रकार सम्मेलन गरेर अयोजकले जानकारी दिएको छ । 


लैनचौरस्थित विभाग परिसरमा हुने एक्स्पोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । 


६० वटा स्टल रहने सो एक्स्पोमा गोल्ड, डायमण्ड ज्वेलरीका ३६ वटा स्टल रहने छ भने बाँकी लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी २, रक एण्ड मिनरल्स १२ रहने छ । 


त्यसैगरी एजुकेशन ४ ओटा स्टल रहने महासंघका अध्यक्ष रमेश महर्जनले पत्रकार सम्मेलनमा जानकारी दिए । मेलामा नेपाली पत्थरको पनि प्रर्दशनी गरिने विभागका महानिर्देशक सोमनाथ सापकोटाले बताए । 


सो मेलामा नेपालमा पाईने खानीहरुको उत्खनन, अन्वेषण तथा प्रयोग बारे स्पष्ट जानकारी दिने उदेश्य रहेको विभागले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD