१४ बैशाख २०८१, शुक्रबार
Header

अन्तर्राष्ट्रियस्तरको मेला आयोजनाको लागि पूर्वाधार आवश्यक


प्रकाशित: आईतबार, १ बैशाख २०७५, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । पाँच दिनसम्म चलेको ललित अन्तर्राष्ट्रिय व्यापार मेला उत्साहका साथ आईतबार सम्पन्न भएको छ ।


आयोजक संस्था ललितपुर उद्योग बाणिज्य संघले ललितपुरमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेलाको आयोजनको लागि पुर्वाधारमा जोड दिनका लागि  ध्यानाकर्षण गराएको छ । 


संघले नटोलस्थित मदनस्मारकको प्रांगणमा मेला आयोजना गरेर संघ, प्रदेश र स्थानीय तहलाई सो विषयमा ध्यानाकर्षण गराएको हो ।


यस अघि ललितपुरमा हुने अधिकाशं मेला, महोत्सव पाटन दरबारक्षेत्रस्थित भण्डारखाल बगैँचामा हुने गर्दथ्यो । 


यस पटकको मेलामा नौलो पनि देखिएको अवलोकनकर्ताहरुको भनाई छ । खुला चौर र मेलाको बतावारण भएको यस क्षेत्रमा अवलोककर्ताहरुको मेला अवधिभर घुँइचो रहेको आयोजकले जनाएको छ । 


संघका अध्यक्ष कृष्णलाल महर्जनले भन्नुभयो ‘विद्यालय वरपर पर्याप्त खुल्ला ठाउँ भएकोले यो ठाउँ पनि मेलाको लागि उचित त छ, तर यसको सीमितता छ । विद्यालय बन्द हुने समयमा बाहेक अन्य समयमा मेला गर्न नमिल्ने अवस्था छ ।’ यस्तो अवस्थामा मेलाको लागि ठाउँकोको खाँचो रहेको विषयमा यस मेलाले सबैलाई ध्यानाकर्षण गराएको संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए । 


राजधानी काठमाडौमा भृकुटीमण्डप जस्तो पूर्वाधारयुक्त मेला आयोजना गर्ने स्थान भएकोले कुनै ठुलो मेला आयोजना गर्न काठमाडौं जानुपर्ने हुन्छ तर ललितपुरमा यस किसिमको स्थल नहुँदाज आर्थिक विकासमा प्रभाव पार्ने अध्यक्ष महर्जनको भनाई छ । 
अध्यक्ष महर्जनले ललितपुर महानगरपालिकाले यस विषयमा गम्भिर भएर ध्यान दिनुपर्नेमा जोड दिएका छन । 


चैत्र २७ गते बुधबार भएको मेलाको उद्घाटन समारोहमा पनि मेलाका संयोजक समेत रहनुभएका अध्यक्ष महर्जनले मेलाको लागि ठाउँ बनाउनुपर्ने विषयमा संघ, प्रदेशका सांसद् महानगरपालिकाका जनप्रतिनिधि समक्ष सो ध्यानाकर्षण गराएको थियो । 
मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, नेपाली हस्तकलाको सामानको उल्लेख्य बिक्री वितरण भएको बताइएको छ । 


तन्ना, लुगा, ब्लाकेट लगायतको कारोबार उत्साहजनक रहेको  व्यवसायी बाबुराजा ज्यापूले बताए । मेलामा अहिलेसम्म उल्लेख्य कारोबार भएको संघका संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिनुभयो ।


मेलामा राखिएका १२ फिटका बुद्धमूर्ति, दुई मिटरको पद्मसम्भव,  करिब ५ फिट सहस्रभुज लोकेश्वर सबैको आकर्षक विषय बन्यो ।ललितपुरमै उत्पादित ती धातुका ती मूर्तिहरुलाई हरेर धेरै त्यसमा कुँदिएको कलात्मक बुट्टाको प्रंसशा गरेका थिए । त्यसैगरी  मेलामा नेपाल आर्ट भिलेजको स्टलमा कलाकार राजकुमार महर्जनले मानव मूर्ति बनाएको जीवन्त प्रदर्शनी पनि धेरैका लागि रोचकका विषय बन्यो । 


मेलामा मेलामा करिब १ सय वटा स्टलहरु रहेको थियो । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी  र सज्जावटका गरी ३० वटा स्टल रहेका थिए । 


त्यसैगरी नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिना, लगायत ७० वटा स्टल रहेका छन् ।विभिन्न महिला समूहले उत्पादन गरेका सामग्रीको बिक्री वितरण राम्रो रहेको बताइएको छ । 


संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक  शाक्यले जानकारी दिनुभयो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD