२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अन्ततः रानीपोखरी सेनालाई,  उममेयर खड्गीसहित वडाअध्यक्षहरुको विरोध


प्रकाशित: आईतबार, १३ साउन २०७५, १८ः२९ बजे
- महानगरखबर

काठमाडौं । पुरातात्विक सम्पदा रानीपोखरी अन्ततः नेपाली सेनालाई पुनःनिर्माणको जिम्मा दिने निर्णयमा काठमाडौं महानगरपालिका पुगेको छ । 


मेयर विद्यासुन्दर शाक्य पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारीमा छ । 

 

 

महानगरले रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा पाएपनि पुनः निर्माण सुरु भएदेखि नै विवाद सुरु भयो । कहिले स्थानीयवासी, कहिलेदसम्पदा अभियानकर्ता त कहिले पुरातत्व विभागले निर्माणमा अबरोध खडा गरेपछि  रानीपोखीर निर्माण अतिनै आलोचित बन्यो । 


यता उपमेयर हरिप्रभा खड्गीसहित केही वडाध्यक्षले भने नेपाली सेनालाई ठेकदार बनाउन नहुने मत राखेर विरोधमा उत्रिएका छन् । केही दिन महानगरको बोर्ड बैठकमा समेत नेपाली सेनलाईलाई रानीपोखरी बनाउने जिम्मा दिने बिषयको चर्को विरोध भएको थियो ।

 
मेयर शाक्य आलोचित रानीपोखरी पुनर्निर्माणमा सेनाको सहयोग लिन खोजिएको छ । यस अघि मेयर शाक्यले यसबारे सुरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका थिए ।


रानीपोखरीको पुनःनिर्माणको सेनालाई जिम्मेवारी दिन मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराउनुपर्ने हुन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex