१६ चैत्र २०८०, शुक्रबार
Header

अन्ततः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा


प्रकाशित: आईतबार, २७ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । पहिचान पक्षधरहरुको सडकमा जारी चर्को विरोधका विच प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा कायम भएको छ । 


आईतवार  प्रदेशसभाको दुई तिहाई मतले प्रदेश ३ को नाम र राजधानी पारित गरेको सभामुख सानुकुमार श्रेष्ठले सञ्चारमाध्यलाई बताएका छन । 


सभामुख श्रेष्ठका अनुसार प्रदेश सभामा रहेका  एक सय १० सांसद रहेकोमा बाग्मती नाम राख्ने प्रस्तावमा एक सय ८ मत दिएको थियो । 


दुई जना सांसद अनुपस्थित रहेको थियो । त्यसैगरी हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको थियो ।  


मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नाम बाग्मती राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।


नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने संयुक्त प्रस्ताव पेश गरेपछि निर्णयका लागि मतदान गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD