५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

अन्डरग्राउण्ड पार्किङ अन्य प्रयोजनको लागि प्रयोगः महानगर प्रमुख बालेन


प्रकाशित: सोमवार, २ साउन २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले अन्डरग्राउण्ड पार्किङ अन्य प्रयोजनको लागी भईरहेको बताएका छन ।

 
प्रमुख बालेनले नक्सापासमा अन्डरग्राउण्ड पार्किङ भनेर भवन अनुमति लिएपनि सो अनुसार प्रयोग नभएपछि महानगरको ध्यानकर्षण भएको बताए ।


उनले भने,‘ अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएर नक्सापास गराइएका भवनहरुमा पार्किङ भन्दा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका जानकारी तथा गुनासोहरु आएका छन् । महानगरले यो सम्बन्धी सूचना जारी गरेको छ । सम्बन्धितहरुले सूचना अनुसार गरिदिनुहोला ।’


‘अन्डरग्राउन्ड पार्किङमा मात्रै होइन, जे कुरा जुन प्रयोजनका लागि भनेर बनाइएका छन्, अनुमति लिइएका छन्, तिनलाई आपतकालिन वा अतिविशेष बाहेकको अवस्थामा अन्य काममा प्रयोग गर्नु गैरकानुनी हो । त्यस्तो नगरौँ । महानगर व्यवस्थापनमा सबै जिम्मेवार बनौँ ।’ उनले भने ।


महानगरले नक्सामा स्वीकृत अनुसार भवनको प्रयोग गर्न ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरेको छ । सुचना प्रकाशित भएको मितिले सो दिनभित्र नक्सामा स्वीकृत अनुसारनै वेसमेन्ट, सेमी वेसमेन्ट, जमिन तल्लामा स्टोर र गाडी पार्किङहरु प्रयोगमा ल्याउन अनुरोध गरेको छ । 


सो अनुसार नभएको खण्डमा महानगरबाट पाउने सेवा सुविधा उपलव्ध नगराउने तथा नियमअनुसार कार्वाही समेत हुुने जारी सुचनामा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex