काठमाडौं । नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियू)ले शिक्षामन्त्री शिशिर खनालको पुत्ला जलाएको छ ।
शुक्रवार प्रदर्शनीमार्गस्थित आर आर क्याम्पसका विद्यार्थीले पुत्ला जलाएको हो । उनीहरुले शिक्षामन्त्री खनालले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेर निजी क्षेत्रलाइ संरक्षण गरेको बताएका छन ।
शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ । शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए ।
शिक्षामन्त्रीको यस किसिमको निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले बिरोध जनाएका छन ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिइ कमिसन खान लागेको आरोप लगाए ।
तस्वीर् सौजन्यः ललिन्द्र राई
Categorized in समाज