२५ बैशाख २०८१, मंगलबार
Header

अनुुगमन टोलीले काठमाडौंका चार पेट्रोल पम्प सिल गरयो


प्रकाशित: विहिवार, २ कातिक २०८०, १७ः१० बजे
- महानगरखबर

काठमाडौं । केन्द्रिय अनुुगमन समितिको एक टोलीले विहिवार सम्म काठमाडौंका ४ वटा पेट्रोल पम्प सिल गरेको छ । 


समितिले विहिवार शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । समितिका अनुसार अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि पम्प सिल गरिएको हो ।


समितिले अनुगमनको क्रममा मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल, बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर  र कलंकीको श्यामा आयल स्टोरमा सिल गरेको छ । 


पम्पहरुमा उपभोक्ताहरुलाई ठगी गरेको फेला पारेपछि सिल गरिएको समितिले जनाएको छ । 


उभोक्ताले धेरै मात्रामा तेल लिँदा ठगी हुने गरको अनुुगमनमा संलग्न एक अधिकारले बताएका छन । 


१० लिटर भदा मापदण्ड भन्दा ३ एमएल कम, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम भएको देखिएको ती अधिकारीको भनाई छ । 

 

फाइल तस्वीर 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD