१४ बैशाख २०८१, शुक्रबार
Header

अनुसन्धान तथा अविस्कारको लागि एक प्रतिशत बजेट छुुट्टाइने


प्रकाशित: सोमवार, १८ बैशाख २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाल सरकार र राष्ट्रिय अविस्कार केन्द्रका अध्यक्ष महावीर पुनविच ७ बुँदे सहमित भएको छ ।


सोमवार सहमति पत्रमा सरकार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्र अध्यक्षले हस्ताक्षर गरेपछि गत शुक्रवारदेखि माईतीघर मण्डलमा धर्ना बसेको पुनले अनसन स्थगीत गरेका छन ।

 
सहमित अनुसार सरकारले संघीय सरकारको पुँजीगत बजेटको एक प्रतिशत अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि छुट्याउन सहमत भएको छ । 


पुनले सहमति भएपछि प्रतिक्रिया दिदै अब सरकार सहमति अुनसार अघि बढे काममा ध्यान दिने बताएका छन । 


अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने सहमितमा उल्लेख छ । 


कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने छ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने छ । 



सहमति पत्रः 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD