३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अनलाईनबाट झण्डै २२ लाख ठगी गर्ने सुन्धाराबाट पक्राउ


प्रकाशित: मंगलवार, १४ पुष २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले अनलाईनमाध्यबाट रकम ठगी गर्ने २ जनालाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा जिल्ला पुर्वी रुकुम भुमे गाउँपालिका वडा नं. ३ मोरवाङ घर भई हाज किर्तिपुर बस्दै आएका २२ बर्षिय सन्तोष श्रेष्ठ र १९ बर्षिया आशा श्रेष्ठ रहेकी छिन । 


महानगरिय अपराध महाशाखाका अनुसार उनीहरुले ह्वाट्सएप, फेसबुक जस्ता समाजिक सञ्जाल प्रयोग गरी विभिन्न व्यत्तिहरुबाट ४१ लाख ९८ हजार ४५० रुपिया ठगी गरेको छ । 


समाजिक सञ्जाल फेसबुकमा Favour Willfered आईडी प्रयोग गरी नेदरल्याण्डको नागरिक बताई पिडितहरु फ्रेण्ड रिक्वेष्ट पठाई ठगी गर्ने गरेको महाशाखाले जनाएको छ ।


उनीहरुले बिभिन्न बहाना बनाई आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु आईफोन, सूनका गररहना तथा डलर समेत पठाई दिने भनी प्रलोभनमा पारी पिडितहरुलाई दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको नामको बैंक खातामा पैसा जम्मा गर्न लागाएको अनुसन्धाबाट थाहा हुन आएको छ ।


सोमवार पक्राउ परेका उनीहरुलाई ठगि सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex