८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अनलाइन सञ्चारमाध्यम दर्ता अब पुनः सूचना विभागमै


प्रकाशित: विहिवार, ९ असोज २०८२, २०ः३५ बजे
- महानगरखबर

काठमाडौं । अबदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रशारण विभागमै हुने भएको छ ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन । 


उनका अनुसार छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकिएको छ ।


यसअघि सरकारले केही नेपाल ऐन संशोधनमार्फत अनलाइन दर्ता जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्था गरेको थियो ।  


तर मन्त्रिपरिषद्को पछिल्लो निर्णयले सो व्यवस्था खारेज गर्दै दर्ता प्रक्रिया पुनः पूर्ववत् अवस्थामा फर्काइएको छ ।


अब अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमा नगई सिधै सूचना विभागमै गर्न सकिने सञ्चारमन्त्री खरेलले स्पष्ट पारे । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex