काठमाडौं । विभिन्न मुद्दामा जिल्ला अदालत ललितपुरले एक करोड जरिवाना र ३ बर्ष कैद सुनाएका सुनाकोठीका ३७ बर्षिय राजु महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परीसरले उनलाई ललितपुरको कुसन्तीबाट पक्राउ गरको हो । आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने परिसरका प्रवक्ता शेखर खनालले बताए ।
विगत २ बर्षदेखि फरार रहेका उनलाई प्रहरीले टोली पक्राउ गरेको हो । फरार अभियुक्त महर्जनलाई २०७३ जेठमा अदालतले तीन वर्ष कैद र रु एक करोड ३३ लाख ३३ हजार ३३३ जरिवाना गरेको थियो ।
Categorized in समाज