१४ बैशाख २०८१, शुक्रबार
Header

अदालतको आदेशपछि महरा समातिने, दोषी प्रमाणित भए ५ बर्ष जेल हुने


प्रकाशित: शनिवार, १८ असोज २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । रोशनी शाहीले निर्वतमान सभामुख कृष्णबहादर महराविरुद्ध दिएको उजुरी अनुसार कार्वाही महरालाई ५ बर्षसम्म जेल हुनेछ । 


पीडित शाहीले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार महराले आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा परेको उल्लेख गरी उजुरी गरेको छ । 


मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ भने जबरजस्ती करणीको  प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ ।


यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ ।


प्रहरीले आईतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD