२१ बैशाख २०८१, शुक्रबार
Header

अदालतको आदेशः काठमाडौ महानगरभित्रका व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने


प्रकाशित: आइतवार, ११ भाद्र २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरभित्रका व्यवसायिक भवनहरुमा गरिने पार्किङका सावारी साधनबाट पार्किङ शुल्न लिन नपाउने पाटन उच्च अदालतले अन्तिरम आदेश दिएको छ ।


महानगरको पक्षमा भएको यो फैसलासँगै अव महानगरभित्रका बहुतले आवसीय एंव व्यवसायिक भवनहरु मल, सप, मार्केट, मा सेवाग्रहीको सवारी साधनमा पार्किङ शुल्क लाग्ने छैन ।

 
यस अघि महानगरले व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने निर्णय गरेको थियो । 


तर सो विरुद्ध कम्पलेक्स डेभलपर लिजर एशोसिएनले उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।


त्यो रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको थियो । 


अदालतले ३० साउनसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङस्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन आदेशमा दिएको थियो ।


काठमाडौं महानगरले आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले व्यापारिक भवनहरुले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD