४ बैशाख २०८१, मंगलबार
Header

अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई मन्त्रालयको निर्देशन


प्रकाशित: शुक्रबार, ४ साउन २०७५, १९ः२० बजे
- महानगरखबर

काठमाडौँ । वीरगञ्ज महानगरपालिकालले सवारी साधान प्रवेश शुल्क तथा पेट्रोलियम पदार्थमा लिईदै आएको अतिरिक्त शुल्क नलिन संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

 
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले महानगरपालिकाभित्र सो शुल्क नलिन निर्देशन दिएको हो ।

 
महानगरले उठाउँदै आएको उक्त शुल्क नेपालको संविधान र अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ विपरित हो ।

 
साथै मन्त्रालयले संविधानमा उल्लेख गरिएका भूमि कर, सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, पार्किङ र सेवा शुल्क कर तथा वित्तीय व्यवस्थापन ऐनबमोजिम घरजग्गा रजिष्ट्रेशन कर, मनोरञ्जन कर र विज्ञापन कर प्रदेशबाट निर्धारितबमोजिम उठाउन भनेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD