८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिमा मनोनित


प्रकाशित: मंगलवार, १७ भाद्र २०८२, १२ः२६ बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनित भएकी छन । 


राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभाको बैठकले सदस्य मनोनयनका लागि सहमति जनाएपछि समितिमा प्रवेश पाएकी हुन ।

 
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम शाक्यलाई सदस्य मनोनयनको प्रस्ताव प्रस्तुत गरेका थिए । 


शाक्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सांसद मनोनीत भएकी हुन । 


यसअघि समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्मा सदस्य रहेका थिए । शाक्यसँगै अब राष्ट्रिय सभाबाट तीन जना सदस्यको प्रतिनिधित्व भएको छ ।


प्रतिनिधिसभातर्फबाट समितिमा माओवादीका जनार्दन शर्मा, कांग्रेसका जीवन परियार, रास्वपाका डोलप्रसाद अर्याल (डिपी), राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर राणा र नेकपा (एमाले)का महेश बर्तौला लगायत सांसद रहेका छन ।


संविधानको धारा २९२ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने पदाधिकारी—जसमा प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतसमेत पर्छन्—लाई पदभार ग्रहण गर्नुअघि संसदीय सुनुवाई अनिवार्य हुने व्यवस्था छ ।


संसदीय सुनुवाई संयुक्त समितिमा कुल १५ जना सदस्य रहने व्यवस्था छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex