१६ बैशाख २०८१, आइतबार
Header

अज्ञात समूहरुद्धारा सिन्धुलीमा १२० तोला सुन लुटपाट


प्रकाशित: विहिवार, ७ चैत्र २०७५, ०७ः०० बजे
- महानगरखबर

काठमाडौं । अज्ञात समूहरुद्धारा सिन्धुलीको कमलामाई नगरपालिका–६ स्टलबजारबाट १२० तोला सुन लुटपाट भएको प्रहरीले जनाएको छ । 


बुधवार सुनचाँदीका गरगहना बनाउने कालिगढको साथबाट बन्दुक देखाउँदै अज्ञात समूहले उक्त सुन लुटेको हो । 


सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता गरेका छन । 


उनले राज्यले व्यवसायीलाई सुरक्षाको सुरक्षाका प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गरेका छन । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार सो घटनामा अनुसन्धान शुरु भईसकेको छ । 


काठमाडौंबाट नक्कली सुन बेच्ने ६ जना पक्राउ


यसैविच नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सुन देखाई ठगी गर्ने छ जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मङ्गले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेल रहेका छन ।  ब्यूरोको टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने लाई पक्राउ गरी बधुवार सार्वजनिक गरेको हो । 


ब्यूरोका अनुसार विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाई दिने भनी ठगी गर्नेलाई दुई थान नक्कली सुन र एक हजारका दरले पाँच थान नक्कली नोटसहित पक्राउ गरिएको होे । 


पक्राउ परेकालाई ठगी एवं खोटाचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD