काठमाडौ । अज्ञात समूहको गोली प्रहारबाट धनुषाको लक्ष्मीनियाका सञ्जय शर्मा घाईते भएको धनुषा प्रहरीले जनाएको छ ।
३४ वर्षीय सञ्जय शर्माको पेटमा गोली लागेको छ । हाल उनलाई उपचारको लागि काठमाडौ ल्याएको छ ।
मोटरसाईकलमा घर गईरहेको बेला मोटरसाईकलमै चढेर आएका २ व्यक्तिले गोली प्रहार गरेका भागेको हो ।
उनीमाथि जनकपुर–ढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका– ७ मा उनलाई गोली प्रहार भएको थियो ।
Categorized in समाज