३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अज्ञात व्यक्तिको सिरिन्ज आतंक बनेपामा पनि , उपत्यकामा ९ वटा घट्ना


प्रकाशित: विहिवार, १२ असार २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा अज्ञात व्यक्तिरुको समूहले महिलाहरुमा गर्ने सिरिन्ज आक्रमणको आतंक दिनानुदिन बढिरहेको बेला यो आतंक यतिखेर बनेपामा पनि देखिएको छ । 


बनेपामा सिरिन्ज आक्रमणबाट घाईते भएकी महिला टेकुको शुक्रराज ट्रपिकल सेन्टर पुगेपछि अर्को रहस्य खुलेको छ । उनलाई आक्रमण गर्न पूरुष नभएर महिला भएको उनले चिकित्सकहरुलाई बताएका छन । 


चिकित्सकका अनुसार काठमाडौं उपत्यकामा यस किसिमको घट्ना ९ वटा भएको छ जसमा अधिकांश पुरुष रहेको पीडितहरुले बताएका छन । उनीहरुले सिरिन्ज आक्रमणको दावी गरेपनि चिकित्सकहरुले भने सिरिन्ज आक्रमणनै हो भनेर भन्न नसक्ने बताउछन । 


तर बनेपाको घट्नामा भने चिकित्सकले सिरिन्ज आक्रमणनै भएको दावी गरेका छन । शुक्रराज ट्रपिकल सेन्टरका डा. शेरबहादुर पुनले यसअघिका घटनाहरु सिरिन्ज आक्रमण हो कि होइन भनेर आशंका गर्नुपर्ने थियो । तर, यो घटना हेर्दा सिरिन्जले नै आक्रमण गरेको प्रष्ट हुन्छ । 


उनका अनुसार पीडित महिलाको हत्केलाको पछाडिपट्टि सिरिन्ज घोपिएको छ भने अरु घटनाको जस्तो ठूलो घाउ पनि देखिन्न । 


सिरिन्ज आक्रमणका पछिल्ला ९ मध्ये ६ वटा घटनाबारे प्रहरीमा उजुरी परिसकेको छ । गएका एक सातामा भएका ५ वटा घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।


चिकित्सकले उनीहरुलाई एचआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्धको भ्याक्सिन पनि दिइएको छ ।


यस किसिमको घट्नाको ग्राफ बढ्दो अवस्थामा देखिएको छ । प्रहरीले घट्ना अनुसन्धान बढाएको भने पनि अहिलेसम्म कसैलाई नियन्त्रणमा लिन नसेको यस अवस्थामा घट्ना रहस्यमय बन्दै गएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex