२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अजयरत्न स्थापितको संयोजक्त्वमा रानीपोखरी पुननिर्माण उपभोक्ता समिति गठन


प्रकाशित: प्रकाशित: शनिवार, १८ फागुन २०७५, ०८ः२० बजे
- - महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिको ३०औं कार्यपालिका बैठकले अजयरत्न स्थापितको संयोजक्त्वमा रानीपोखरी पुननिर्माण उपभोक्ता समिति गठन गरिएको छ । 


महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार रानीपोखरी पुननिर्माणका लागि मेयर विद्यासुन्दर शाक्यले उपभोक्ता समितिमा रहने व्यक्तिको नाम प्रस्ताव गरेका हुन । 


समितिको सचिवमा रोशनकाजी तुलाधर, कोषाध्यक्षमा होमप्रसाद खड्गी तथा सदस्यमा दीपकराज तुलाधर र दीपेन्द्र खड्गी रहेका छन । 


त्यसैगरी बैठकले रानीपोखरी पुनःनिर्माणको अनुगमन तथा समन्वय समिति समेत गठन गरेको छ । 


समितिमा वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा नं २८ का अध्यक्ष भाइराम खड्गी रहेका छन । 


यस अघि राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुरानै शैलीमा रानीपोखरी निर्माणको जिम्मेवारी पाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex