३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अछाममा विप्लव माओवादी र प्रहरीविच दोहोरो भिडन्त


प्रकाशित: बुधवार, १३ चैत्र २०७५, ०८ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित विप्लव माओवादी र प्रहरीविच अछाममा दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो दुई पक्षबीच गोली हानाहान भएको हो । 


विप्लव माओवादी कार्यकताले गस्तीमा गएको प्रहरीमाथि फायर गरेपछि भिडन्त भएको अछाम प्रहरीले जनाएको छ । 


भिडन्तमा प्रहरीको गोली लागी विप्लवका अछाम इञ्चार्ज सामान्य घाइते भएको प्रहरीले बताए  ।


चन्द समूहका नेता–कार्यकर्ताको गतिविधि नियन्त्रणका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।


यसअघि पनि काभ्रेमा दोहोरो भिडन्त भएको प्रहरीले दाबी गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex