३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अछाममा टयाक्टर दुर्घट्ना, ३ विद्यार्थीको मृत्यु


प्रकाशित: बुधवार, ११ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । आछामको चौरपाटी गाउपालिकामा बुधवार विहान टयाक्टर दुर्घट्नामा परि ३ जना विद्यार्थीको मृत्यु भएको छ । 


चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा से१त ७८३९ नंको ट्र्याक्टर दर्घट्ना हुँदा सोही गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जनाकारी दिए ।


सो दुर्घट्नामा परि अन्य ४ जना घाईते समेत भएका छन । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । 


चालकले भने हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex