१५ बैशाख २०८१, शनिबार
Header

अग्नि नियन्त्रकलाई महानगरको विशेष तालिम


प्रकाशित: सोमबार, २ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको अग्नि नियन्त्रण शाखा (जुद्ध बारुण यन्त्र कार्यालय)ले १४ जना अग्नि नियन्त्रकलाई आधारभूत तालिम प्रदान गरेको छ । 


तालिममा आगो नियन्त्रण, खोज तथा उद्धार सम्बन्धि तालिम दिएको अग्नि नियन्त्रण शाखाले जनाएको छ । ७ दिन सम्म सञ्चालित सो आधारभूत तालिममा काठमाडौं महानगरका ६ जना नगर प्रहरी, शशस्त्र प्रहरीबाट ४ जना र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाबाट ४ जना गरी १४ जना अग्नि नियन्त्रक सहभागी रहेका थिए । 


आइतबार सकिएको सो तालिम समापनको अवसरमा महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले सरीरभन्दा बढी पेशाको माया गर्ने अग्नि नियन्त्रकहरुलाई आत्मसम्मान हुने गरी महानगरले कार्यक्रम अघि सार्ने बताए । 


सो अवसरमा अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाले काठमाडौं दमकलका अग्नि नियन्त्रकलाई जोखिमसँग लड्न सक्ने बनाउन नियमित क्षमता बिकासका कार्यक्रमको खाँचो रहेको बताए । 


तालिममा आगोको परिचय, आगोको बिज्ञान र प्रकार, आगो नियन्त्रण गर्ने उपकरण र बिधि, आगलागीका समयमा अपनाउनु पर्ने सावधानी, धुँवा भरिएको स्थानमा अग्लो स्थानमा आगो नियन्त्रण गर्ने सीप, फायर इस्टिङ्ग्वीसरको प्रयोग, आत्म सुरक्षाका सामाग्री र सीपसँगै खोज तथा उद्धारको आधारभूत सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । तालिममा सिकेको ज्ञानलाई प्रयोगात्मक अभ्यास पनि गराइएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD