काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्सालमा प्रदर्शनमा उत्रेका विवेकशिल साझा पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार विहान विवेकशिल कार्यकर्ताहरु बढ्दो भ्रष्टाचार विरुद्ध छानविनको माग गर्दै प्रदर्शनमा उत्रेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु विभिन्न नारा लेखेका प्लेकार्डसहित नारावाजी गर्दै कार्यालय अगाडी प्रदर्शनमा उत्रेका थिए ।
को को पक्राउ परे भन्ने बारे प्रहरीले खुलाएको छैन
Categorized in समाज