१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

अख्तियारले ५९० रोपनी जग्गा अतिक्रमण गर्ने एघार जनालाई काठमाडौं बोलायो


प्रकाशित: बुधवार, ८ जेठ २०७६, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको गुठी चौरस्थित ५९० रोपनी जग्गा अतिक्रमण गर्ने एघार जनालाई सात भित्र काठमाडौंमा उपस्थित हुन निर्देशन दिएको छ । 


राष्ट्रिय भेंडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा तत्कालिन मालमोत अधिकृत गोबिन्द प्रसाद न्यौपानले आफ्ना परिवारको नाममा दर्ता गरेको खुलासा भएपछि खोजविन सुरु भएको थियो । 


अख्तियारले न्यौपानेकी श्रीमती गोमा न्यौपाने, छोरी पार्वती न्यौपाने, कविदत्त न्यौपाने, केशवराज न्यौपाने, नवऋषी न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, विष्णुऋषी शर्मा न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायालाल न्यौपाने र जानकीदत्त देवकोटालाई हाजिर हुन निर्देशन गरेको हो ।

 
अख्तियारले तोकेको समयसिममा उपस्थित नभए कानुनबमोजिम कार्वाही हुने चेतावनी पनि दिएको छ ।


सो जग्गा प्रकरणमा केही व्यक्ति पक्राउ समेत परेको र उनीहरुलाई कार्वाहीको तयारी गरेको अख्तियारले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex