काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी दिन पाउने व्यवस्था यथावत रहने गरी अयोगको ऐन संशोधन विधेयक संसदीय उपसमितिबाट पारित भएको छ
भएको छ ।
बेनामे उजुरीका नाममा व्यक्तिको चरित्रहत्या गर्ने कार्य भएको भन्दै विरोध हुँदै आएकोमा व्यक्तिको गोपनीयता अख्तियारले ख्याल गर्न सक्ने भन्दै बेनामे उजुरी दिन पाउने व्यवस्थालाई कायमै राखिएको हो ।
उपसमितिका संयोजक हृदयराम थानीले विधेयकको प्रतिवेदन मूल समिति समक्ष पेश गरिएको बताए ।
बेनामे उजुरी दिन पाउने व्यवस्था हटाएको खण्डमा पावरमा रहेका व्यक्तिविरुद्ध उजुरी नपर्ने र भ्रष्टाचार नियन्त्रणमा बाधा उत्पन्न हुने भनेर नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल लगायतले विरोध गरेका थिए ।
प्रधानमन्त्री, सभामुख, सेनापति जस्ता व्यक्तिको बारेमा समेत परिचय खुलाएर उजुरी दिने अवस्था नबन्न सक्ने भएकाले बेनामे उजुरी दिन पाउने व्यवस्थाको निरन्तरताको विषयमा कतिपय सांसदहरुले समेत मत प्रकट गरेका थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिले गत मातिक २५ गते अख्तियार ऐन संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता गरेको दुवै विधेयक २०७९ साल चैत २७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।
Categorized in राष्ट्रिय