काठमाडौँ । महानगरिय प्रहरी बृत, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई शनिवार बेलुका ८ बजे घुससहित पक्राउ परेका छन् ।
डिएसपी राईलाई एक व्यवसायीसंग एक लाख ४० हजार रुपियाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पक्राउ गरेको हो ।
आयोगको टोलीले उहाँलाई घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको पुष्टि गरेका छन् ।
यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज