काठमाडौं । अखिल र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलय घेराउ गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै कार्यलय घेराउ गरेको हो ।
विद्यार्थीहरुले अहिले नारावाजी गरिरहेको विचमा रजिस्टारले विद्यार्थीहरुलाई सम्बोधन गर्दै छिट्टै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको अखिलले जनाएको छ ।
अखिले स्ववियु निर्वाचन टाल्ने चलखेल गरेको आरोप लगाएको छ ।
Categorized in समाज