६ बैशाख २०८१, बिहिबार
Header

अक्सिजन थेरापीसहित आईसोलेसन सञ्चालन गर्नेः उपत्यका नगरपालिका फोरम


प्रकाशित: आईतवार, २६ बैशाख २०७८, १६ः०० बजे
- अजय खड्गी

काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा उपयुक्त स्थानमा अक्सिजन थेरापीसहित एकिकृत आईसोलेसन सञ्चालन गर्ने भएको छ । 


आईतवार फोरमको बैठकले आईसोलेसन सञ्चालनको लागि सम्बिन्धीत निकायसँग समन्वय गर्ने र उपत्यकाभित्र रहेको अस्पतालको क्षमतामा बृद्धि गर्न आवश्यक सहयोग गर्ने समेत निर्णय गरेको छ । 


फोरमको बैठकले ४ बुँदे निर्णय गरेको छ । अक्सिजन आपूर्तिको लागि सरकारलाई अनुरोध गर्ने, कोभिड परिक्षणको दायारलाई अझ बढाउन सरकारसँग पहलन गर्ने, सरकारले जारी गरेको निषेधाज्ञलाई पूर्णरुपमा पालना गर्न सर्वसाधरणलाई अनुरोध गर्ने तथा निषेधाज्ञा कडाई पूर्वक पालना गराउन संविधीत निकायलाई ध्यानाकार्षण गराउने भएको छ । 


फोरम अध्यक्ष तथा काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बैठक बसी सो निर्णयहरु गरिएको हो । बैठकमा उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र सचिव तथा मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD