१३ बैशाख २०८१, बिहिबार
Header

अक्सिजनको अभावमा ब्राजिलको कारागारमा ४२ कैदीको मृत्यु


प्रकाशित: बुधवार, १४ जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानसस्थित चार वटा कारागारमा ४२ जना कैदीको मृत्यु भएको अधिकारीहरुले जनाएको छ । 


अधिकारीहरुका अनुसार अक्सिनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको हो । एक अघि मात्र एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको थियो । 


घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई  थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।


एक तथ्यांकअनुसार, विश्वको तेस्रो ठूलो कैदीबन्दी भएको देश ब्राजिल हो । ब्राजिलको गत अप्रिलसम्मको तथ्यांकअनुसार, ७ लाख १२ हजार ३०५ कैदी बन्दी देशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD